धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी माध्यमिक विद्यालयको खेल मैदानमा पाँच दिने बृहत योग विज्ञान शिविर सुरू भएको छ ।






शनिवार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले योग शिविरको उद्घाटन गरेकी हुन् । कार्तिक २२ गते सम्म चल्ने बृहत योग विज्ञान शिविरमा पतञ्जलि योग समितिका नेपाल प्रभारी योग गुरु लवदेव मिश्रले प्रशिक्षण दिने छन् ।





शनिवार तीन सय बढी व्यक्तिले योग प्रशिक्षण शिविरमा सहभागिता जनाएका छन् । आयोजना गरिने पतञ्जलि योग समितिले जनाएको छ ।




