कैलालीको गोदावरी नगरपालिकाद्धारा प्लाष्टिकजन्य सामग्रीहरु विक्री वितरणमा रोक

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र प्लाष्टिकजन्य सामग्रीहरुमा विक्री वितरणमा रोक लगाएको छ।

Dadeldhura hospital

तिहार तथा छठ पर्वमा यस गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात विक्री वितरण वा भण्डारण गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको पालिकाले सूचनानै जारी गरी जानकारी गराएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

सुचनामा सम्पूर्ण उद्योगी, व्यापारी तथा आम नगरबासीहरुलाई अनुरोध सहित सबैलाई सम्बोधन गर्दै प्रतिबन्ध गरेको जानकारी गरेको छ।

नगरपालिकाले अनुगमनका क्रममा यस गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामग्रीहरुको उत्पादन, आयात, विक्री वितरण तथा भण्डारण गरेको पाईएमा उक्त सामाग्रीहरु जफत गरी नियमानुसार कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सुचनामा उल्लेख गरेको छ।

 

Loading...