प्लास्टिकका फूल प्रयोगमा धनगढी उपमहानगरको प्रतिबन्ध

धनगढी– धनगढी उपमहानगरपालिकाले प्लास्टिकबाट बनेका ध्वजा-पताका, फूल एवम् बुकेको प्रयोगमा प्रतिबन्ध लगाएको छ । उपमहानगरपालिकाले धनगढीमा आयोजना हुने विभिन्न सभा, समारोह, चाडपर्व, मेला महोत्सवमा प्रयोग हुने टेन्ट, मञ्च लगायत अन्य कार्यक्रममा प्लास्टिकबाट बनेका फूल, माला र बुकेको प्रयोग नगर्न मंगलवार सूचना निकालेको हो ।

प्लास्टिकबाट बनेका फूल, माला, ध्वजा-पताका र बुके प्रयोग नगर्न सम्पूणर् व्यक्ति, व्यापारी र प्रयोगकर्तालाई उपमहानगरले आग्रह गरेको छ ।

Navadurga sun

प्लास्टिकबाट बनेका फूल, माला, ध्वजा-पताका र बुके प्रयोग गरेको पाइएमा धनगढी उपमहानगरपालिका प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी ऐन, २०७९ अनुसार कारबाही हुने उपमहानगरको सूचनामा उल्लेख छ।

ADD Khali jpg
Loading...