कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी- कैलालीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटा स्थित भित्री सडक खण्डमा से १ त ७९४५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई नालीमा पल्टिएर शनिवार साँझ दुर्घटना भएको हो।

Dadeldhura hospital

दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका–८ का ३५ वर्षीय रामकिशन चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

सोही ट्याक्टरमा सवार रहेका गोदावरी नगरपालिका–५ बरबटाका ३४ वर्षीय बख्खु बिक घाइते भएका छन्। घाइते बिक को पनि माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Loading...