कैलारीमा बेवारिसे अवस्थामा काठ बरामद

Dadeldhura hospital

धनगढी- कैलालीको कैलारी गाउँपालिकामा बेवारिसे अवस्थामा गोलिया काठ बरामद गरिएको छ । कैलारी गाउँपालिका–१ दक्षिण–मझेराबाट साल जातको ५५.९८ क्युफिटको अवैध गोलिया एक थान बरामद गरिएको हो ।

ईलाका प्रहरी कार्यालय हसुलियाको गस्ती टोलीले बुधवार दिउँसो लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ फेला पारेका हो। बरामद गरिएको उक्त अवैध काठ सब–डिभिजन बन कार्यालय बसन्ताको जिम्मा लगाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...