हरिश चन्द/डडेल्धुरा २३ असोज । सडक दुर्घटना न्यूनीकरणका लागि के.आई.सिह राजमार्ग र भिमदत्त राजमार्गका घुम्तीमासडक खण्डका विभिन्न घुम्तीमा सडकमा ऐना राखिएको छ । ओहोरदोहोर गर्ने क्रममा प्रयोग हुने के. आई.सिह राजमार्ग र भिमदत्त राज मार्गका घुम्तीमा सडकका विभिन्न ठँउमा वटो स्ट्यान्ड सहितको ठूलो सडक ऐना राखिने भएको हो ।






दैनिक सवार सवारी साधनको बाक्लो ओहोरदोहोर हुने सडकमा हुनसक्ने सडक दुर्घटना न्यूनीकरणका लागि सडक डिभिजन कार्यालय कुलपाते सडकका जोखिमपूणर् मोड छानेर ८६ ऐना राख्ने भएको छ ।

सडक डिभिजन कार्यालयले कुलपातेल डोटीले सडक दुर्घटना न्यूनीकरण गर्न के. आई.सिह राजमार्गर भिमदत्त राजमार्गका घुम्तीमा ‘कन्भेक्स’ ऐना जडान गरेको छ । माहाकाली राजमार्ग अन्तरगत ४१ र केआई सिह राजमार्ग अन्तरगत ४५‘कन्भेक्स ऐना राख्ने जनाएको छ ।

उक्त ऐनाले घुम्ती पार गर्न लाग्दा दायाँ-बायाँबाट आउने अरू सवारी साधन तथा पैदल यात्रीहरुलाई सवारी चालकहरुले सजिलै देख्न सक्ने भएकाले दुर्घटना हुनबाट जोगिने समड डिभिजन कार्यालयका ईन्जिनियर राम चन्द्र जोशीले वताए ।
उनले भने, ‘कन्भेक्स ऐना राख्नुको मुख्य उद्देश्य घुम्ती बाटोमा विपरीत दिशाबाट आउने साना र ठूला सवारी साधनहरु एकले अर्कोलाई नदख्ने हुँदा सडक दुर्घटना हुने गरेकामा यस्तो ऐनाले विपरीत दिशाबाट आउने सवारी साधन प्रस्ट देखिने हुँदा दुर्घटनाको सम्भावना कम हुने र यो पहाडी जिल्लाका लागि प्रभाब कारि भएको वताए ।




