दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

Dadeldhura hospital

दार्चुला- दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिकामा नौगाड–१ दल्याडकी ३२ वर्षीया रेवती ठगुन्ना खर काट्ने क्रममा भीरबाट लडेर शुक्रवार घाइते भएकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। मृतक ठगुन्नाका श्रीमान्, दुई छोरा र दुई छोरी छन्।

Loading...