कैलालीमा पेस्तोलसहित हतियारको कारोबारी पक्राउ

धनगढी- कैलालीबाट पेस्तोलसहित हतियारको कारोबारी पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाबाट एकजना कारोबारी मंगलवार पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा २८ वर्षीय सरोज धानुकले हतियारको कारोबार गरिरहेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

Navadurga sun

उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ४ राउण्ड फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ।

 

 

ADD Khali jpg
Loading...