हरिश चन्द/डडेल्धुरा १४ असोज- डडेल्धुरा कुनै बेला गरिब परिवारले मात्र खाने भनेर चिनिएको स्थानिय बाली लोप हुन थालेपछि जोगाउनका लागि यतिबेला सरोकारवाला निकायहरु लागिपरेका छन । आयातित चामल लगायत अन्य खाद्य बस्तुमा मानिसलाई आवश्यक पर्ने पौष्टिक तत्व नहुँदा कुपोषणबाट बालबालिकालाई बचाउन अक्सफामको आर्थिक, लीःवर्डको प्रधिकिक सहयोग र पालिकाको साझेदारीमा स्थानीय बाली संरक्षण प्रभाबकारि बन्दै गएको हो ।





जिल्लाको गन्यापधुरा गाउपालिका वडा नं.२ मा स्थानिय बाली लोप हुन थालेपछि यसलाई जोगाउन र बजारीकरण गर्नमा सरोकारवाला निकायहरुले चासो देखाउन थालेका हुन् । पहिलो वर्षमा कृषक पाठशालाको माध्यमवाट स्थानिय ३० बालीहरु सुचि गरी मुख्य छ वाली छनौट गरी अहिले वाझो जमिनमा ८ जातका कोदाका जातहरु लगाएर ब्यबसायिक खेति गरेको स्थानिय लालिता देउवाको भनाई रहेको छ ।


७ वटा स्थानीय तह रहेको जिल्लामा स्थानिय बालीमा कृषकहरुको मोह घटेपछि यसलाई संरक्षणमा जोड दिन थालिएको छ । जिल्लामा उत्पादन हुँदै आएको परम्परागत स्थानिय बाली कोदो, चिनो, भटमास, कागुनो, धान, फापर पछिल्लो समय लोप हुन थालेपछि संरक्षणका लागि स्थानिय ८ जात कोदोको विउ वनाएर वजारमा बिक्रि गर्दा किसनलाई आर्थिक लाभ मिल्ने अक्सफामका प्रविधक संयोजक लोक प्रसाद पौडेले जानकारि दिए ।
स्थानिय बालीलाई के कसरी जोगाउन सकिन्छ र बजारीकरणको अवस्था के छ भन्ने विषयमा सरोकारवाला निकायहरुको पछिल्लो समय चासो बढदै आएको पाइएको छ । जिल्लामा लोपोन्मुख रैथाने बाली उत्पादनमा पहिलो प्रथामिकता दिने र बजारीकरणका लागि जिल्ला सदरमुकाम सम्म पुराउने पालिकाले सहयोग गर्ने वडा नं. २ अध्यक्ष मनोज देउवा बताउँछन् ।

जिल्लाको मुख्य उत्पादनका रुपमा रहेको रैथाने बाली चिनो, कागुनो, सिमी, फापर, उवा, जौ, धान, भटमास पछिल्ला समयम कमी भएको लि वर्डका कार्यक्र अधिकृत बिष्णु भुसालले चिन्ता व्यक्त गरे ।
जिल्ला भित्र पाइने अर्गानिक स्थानिय बाली संरक्षण र प्रर्वद्धनमा हामी सबैले चासो देखाउन आवश्यक रहेकोले जोगाउन ध्यान दिनु पर्ने भुसाल भनाई छ । स्थानिय बाली संरक्षणका लागि पालिकाकाले अर्को आर्थिकमा वर्षका बजेट छुट्उने प्रतिबद्धता समेत गरेको छ । परियोजनाले पाठशालामा प्राविधिक ज्ञान दिनुका साथै किसनको नेतृत्व विकास लैङ्गिक समानता सम्वन्धि ज्ञान समेत दिने गरेको छ ।





