धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउपरेका छन्। धनगढी उपमहानगरपालिका–३ शान्तिटोलबाट २०० मिलिग्राम लागूऔषधसहित २३ वर्षीय विकाश चौधरी र कैलालीकै चुरे गाउँपालिका–५ का २४ वर्षीय दिपक अर्खालीमगर शनिबार राति पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको संयुक्त टोलीले चेकजाँच गर्दा दुबैको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...