प्रदेश सरकारले गौरवको आयोजनामा राखेको सडक ३ वर्षमा पनि बनेन

धनगढी- कैलालीमा डेढ वर्षमा बन्नुपर्ने साढे २ किलोमिटर सडक ३ वर्षमा पनि बन्न नसकेपछि पुनः म्याद थपिएको छ । निर्माण कम्पनीको चरम लापरबाही र सम्बन्धित सरकारी निकायको बेवास्ताले कैलालीको गोदावरी नगरपालिकास्थित चौकीडाँडा फल्टुडे सडक निर्धारित समयमा बन्न नसकेको हो ।

Ganyapdhura gau

प्रदेशकै गौरव आयोजना अन्तर्गत यो सडक निर्माणका लागि प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालयले २०७७ भदौ १८ गते एडभेन्चर, थेगिङ, सनलाइट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार सडक निर्माणको काम २०७८ माघ १७ गतेभित्र सम्पन्न हुुनुपर्ने थियो । तर तेस्रो पटक म्याद थप गर्दा ४० प्रतिशतको हाराहारीमा मात्रै काम भएको बताइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

निर्माण कम्पनीले पहिलोपटक तोकिएको म्यादमा काम नसकेपछि दोस्रो पटक २०८० असार मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि हाल २०८१ असार मसान्तसम्मका लागि म्याद थप गरिएको भौतिक पूर्वाधार विकास कार्यालय सबइन्जिनियर जनक रोकायाले जानकारी दिए ।

उनले म्याद थप गरिए पनि हाल काम सुरु नभएको बताए । हाल उक्त सडकमा निर्माण कम्पनीले नाला निर्माणको काम पनि पूरा गर्न सकेको छैन । चौकीडाँडा फल्टुडे सडकलाई प्रदेश सरकारले गौरवको योजनामा राखेर क्रमागत योजना अन्तर्गत काम अगाडि बढाएको थियो । प्रदेश सरकारले निर्माण सुरु गरेको पहिलो खण्डको काम नसकिँदै गत आर्थिक वर्षमा पुनः थप ३ किलोमिटर सडक कालोपत्रे गर्न नयाँ ठेक्का गरिसकेको छ ।

३ किलोमिटर थप सडक कालोपत्रे गर्नका तेडी निर्माण सेवासँग ५ करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको छ । २०७९ चैत्र १८ गते भएको सम्झौता अनुसार उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ । दोस्रो खण्डको काम पनि हाल सुरु हुन सकेको छैन ।

पहिलो खण्डको सडक निर्माणको लागि थेगिङसँग ५ करोड ८४ लाख ठेक्का सम्झौता भएको थियो । चौकीडाँडा फल्टुडे सडकलाई प्रदेश सरकारले लथालिङ्ग पारेपछि हाल संघीय सरकारले पनि उक्त सडकमा काम सुरु गर्न प्रक्रिया अगाडि बढाएको छ । तर, संघीय सरकारको काम पनि अझै सुरु हुन सकेको छैन । रातोपाटीबाट

Couple
Loading...