
बाजुरा- बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी २३ वर्षीया कल्पना रोकायाको हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्लाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया रोकायाको हेलिकप्टरबाट सुर्खेत प्रादेशिक अस्पतालमा थप उपचारका लागि लगिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले जानकारी दिए।



रोकायाले मंगलबार बिहान बच्चा पाएको भए पनि रगत बग्ने नरोकिएको र सालनाल नआएपछि ज्यान जोखिममा परेको हुँदा जिल्ला प्रशासन कार्यालय बाजुरा र राष्ट्रपति महिला उद्धार केन्द्रको पहलका साथै हिमाली गाउँपालिकाको समन्वयमा उद्धार गरिएको भण्डारीले बताए ।

