अत्तरिया साना शहरी खानेपानी संस्थाको वार्षिक साधारणसभा सम्पन्न

अत्तरिया, ६ असोज । कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाकै प्राङ्गणमा एक कार्यक्रमका बिच संस्थाले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष टिकादत्त जोशीको सभापतित्वमा सञ्चालन भएको उक्त साधारण सभाका प्रमुख अतिथि गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । त्यस्तै विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका नगर उप प्रमूख शारदा देवी रोकाया रहेकी थिइन् ।

Navadurga sun

प्रमुख अतिथि नगर प्रमुख भट्टले भने । ‘२०५८ सालमा यस अत्तरिया खानेपानी लाई स्थापना गरेका थियौं । त्यति बेला सारै कठिनाइको अवस्था थियो । त्यतिबेलाको कठिनाई अवस्था देखि जुन अहिले यहाँ सम्म पुगेका छौं ।’ यो संस्थालाई अगाडी बढाउनको लागि कसैले २० हजार, कसैले २५ हजार, कसैले ५० हजार र कसैले १ लाख सम्म गरी हामी सबैको कलेक्सनबाट यो संस्थालाई अगाडी बढायौं उनले भने ।

स्वच्छ खानेपानी नगरको आवश्यकता हो भन्ने अभिप्रायले अगाडी बढ्यौं । यसलाई अगाडी बढाउनमा संस्थाका प्रबन्धक देखि लिएर सम्पूणर् टिमलाई बधाई व्यक्त गर्दै अत्तरिया खानेपानी संस्थाले विभिन्न ठाउँमा खानेपानीको थप विकास गर्दै आइरहेको क्रममा स्वच्छ पिउने पानी नगरवासीहरुलाई उपलब्ध गराउन सफल भएको साथै एउटा महत्वपूणर् भूमिका निर्वाह गर्दै आइरहेको बताए ।

हाल गोदावरी नगरपालिकाका १,२ र ४ नं वडाहरूमा यस खानेपानी संस्थाले उपभोक्ता समक्ष स्वच्छ खानेपानी उपलब्ध गराउँदै आइरहेको योगदान छ । वास्तवमा स्थानीय तह सरकारले गर्न नसकेको कार्य पनि यस संस्थाले गरेको कारणले सम्पूणर् टीमलाई धन्यवाद आभार व्यक्त गरे । उलने विशेष गरी हामी मानव जातिलाई जती पनि रोगहरू लाग्छ त्यसमा ९० प्रतिशत रोग दुषित खानेपानीको कारणले लाग्दछ यो कुरालाई आत्मसाथ गर्दै नगरपालिकाले सम्पूणर् वडाहरूमा स्वच्छ खानेपानी उपलब्ध गराई आम नगरवासीलाई स्वच्छ, स्वस्थ र सुखमय जीवन उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

उनले आगामी दिनहरुमा स्वच्छ खानेपानी नगर क्षेत्रमा नपुगेको ठाउँहरूमा थप सेवा विस्तार गर्नको निमित्त अत्तरिया खानेपानीलाई आग्रह समेत गरे । साथै खानेपानी थप सेवा विस्तार गर्नको लागि गोदावरी नगरपालिका आवश्यक योगदान जहाँ चाहिन्छ सदैव साथमा रहेको प्रतिबद्ध रहेको बताए ।

संस्थाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा आयोजना गरेको थियो । संस्थाले पार्षद सदस्यहरुको उपस्थितिमा साधारण सभा आयोजना गरेको हो । जसका लागि १५ घरधुरी बराबर एक पार्षद सदस्य बनाईएको छ । उक्त आर्थिक वर्षमा संस्थाले विभिन्न कार्यहरु गरेको जनाएको छ । जसअन्र्तगत संस्थाले विभिन्न स्थानमा पाईपलाईन विस्तारको काम गरेको जनाएको छ ।

त्यसका साथै संस्थाको कार्यक्षेत्र भित्र स्तरोन्नती गर्ने, कार्यालय परिषर भित्र पानी फोहोरा सहितको बगैचा, विद्युतिय सुचना प्रशारण सम्बन्धी गेट, पार्किङ र शौचालय, सतही ढल, गोल घर, विलिङ काउन्टरका साथै बनदेखी मन्दिर देखी आर्यघाट सम्म पाइपलाईन र रिजर्व टंकीको डिजाइन सर्वे गर्ने कार्य गरिएको जनाएको छ ।

संस्थाले अति संवेदनशिल आधारभुत आवश्यकताको सुरक्षार्थ तथा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न खानेपानी संस्थाको कम्पाउन्ड भित्र आवश्यक सिसिटीभि क्यामेरा खरिद गरि जडान गरेको जनाएको छ भने खानेपानी आयोजना क्षेत्रको अनुगमन तथा संस्थाको काम विशेषले बाहिर आवत जावत गर्न २ थान मोटरसाईकल खरिद गरिएको जनाएको छ ।

संस्थाले उक्त आर्थिक वर्षसम्म १ करोड ५० लाख ५ हजार १११ रुपैया बचत गर्न सफल भएको संस्थाको वार्षिक प्रगती प्रतिवेदनको बासलातमा उल्लेख गरिएको छ । जसमा ४७ लाख ९४ हजार ८ सय १ रुपैया आर्थिक वर्ष २०७८/०७९ मा मात्रै बचत भएको छ । साधारण सभाको उद्घाटन सत्रमा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, नगरप्रवत्ता गोपालदत्त भट्ट, वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन पिआर चटौतले गरेका थिए ।

ADD Khali jpg
Loading...