कैलालीको भासु भीरमा मोटरसाइकल दुर्घटना

धनगढी- कैलालीको भासु भीर क्षेत्रमा मोटरसाइकल दुर्घटना भएको छ। जिल्लाको चुरे गाउँपालिका–५ स्थित भासुक्षेत्रमा शुक्रबार दुर्घटना भएको हो।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढीबाट बुडरतर्फ जाँदै गरेको से प ८७२१ मोटरसाईकल आफैं अनियन्त्रित भएर भासु क्षेत्रमा खसेको थियो।

Navadurga sun
Godawari sandesh

दुर्घटनामा परि चालक डोटीको जोरायल गाउँपालिका–१ बस्ने १९ वर्षीय भीबहादुर बिक सुनार र पछाडी सवार सोही ठाउँका ४५ वर्षीय ओमबहादुर बिक घाइते भएका छन्।

उनीहरूको पदमा अस्पतालमा उपचार भइरहेको र चालकको अवस्था गम्भीर रहेको बताइएको छ। मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

Loading...