कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–४ डङडङ्गेस्थित सडकमा से ५ प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिवार राति दुर्घटना भएको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१ का २९ वर्षीय नरेश चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पश्चात निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा आइतवार दिउँसो मृत्यु भएको हो।

Navadurga sun
Godawari sandesh

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय विरेन्द्र चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको।

Loading...