कैलालीको अत्तरियामा रोकिएको विषादी परिक्षण सेवा सुचारु

अत्तरिया- कैलालीको अत्तरियामा रोकिएको विषादी परिक्षण सेवा सुचारु भएको छ । कृर्षि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तरगत कैलालीको अत्तरिया स्थीत विषादी अवशेष द्रुत विश्लेषण इकाई कार्यालयमा किट सकिए पछि रोकिएको विषादी परिक्षण सेवा सुचारु भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

साउन १३ गते देखि किट सकिएपछि विषादी परिक्षण सेवा रोकिएको थियो । बुधबार भदौ २७ गते किट आएपछि सेवा सुचारु भएको कार्यालयले जनाएको छ । कार्यालयका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बिहीबार बिदा भएकाले शुक्रबार देखि मात्रै परिक्षण सुरु गरिएको जानकारी दिए ।

Navadurga sun

उनका अनुसार शुक्रबार र आइतबार गरी १० वटा तरकारी र फलफूलका नमूनामा विषादी परिक्षण गरिएका छन् । परिक्षण गरिएका नमूना खान योग्य नै रहेको उनले बताए ।कार्यालयले गत आर्थिक वर्षमा २ हजार ५ सय ३२ तरकारी फलफूलका नमूनाको विषादी परिक्षण गरेको थियो । जसमा ८ नमूनामा ग्रीन र येलो लेबलको विषादीको मात्रा भेटिएकाको थियो भने १३ नमूनामा प्रयोग नै गर्न नमिल्ने विषादीको मात्रा भेटिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...