प्रकाश बहादुर बोहरा
अत्तरिया– कैलालीको अत्तरियामा रहेको नेक्सु कर्नर द क्रिएटिभिटी हबले पत्रकार सम्मेलन गरेको छ । हबले शुक्रबार पत्रकार सम्मेलन मार्फत रेभो-साइन्स ०.१ नाम दिएको प्रोजेक्टको यही भदौ ३१ गते नमस्ते पाटी प्यालेसमा कार्यक्रमको आयोजना गर्ने जनाएको हो । कार्यक्रम बिहान ९ बजे देखि ५ बजे सम्म चल्ने जनाइएको छ ।




त्यस्तै यस संस्थामा अध्यक्षमा सुर्य बहादुर थापा, कार्यक्रम संयोजक दिपेन्द्र जोशी, संस्थापक जेनुल सिद्धिकी, कोषाध्यक्ष किरन भट्ट र संयोजक सल्लाहकार स्माईल चौधरी रहेका छन् ।






त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै सुर्य बहादुर थापाले पुनर स्टीम र रोर्वट स्टीम सिकाउनका लागि ट्रेनिङ सेन्टर खोलेका हौं । अहिलेका युवाहरुलाई कसरी अगाडी बढाउनका लागि स्टीमले महत्वपूणर् भुमिका खेल्ने थापाले बताए ।

त्यस्तै कार्यक्रम संयोजक दिपेन्द्र जोशीले ३१ गते हुन लागेको कार्यक्रममा सुदूरपश्चिम तथा गोदावरी नगरपालिका भित्र रहेका विद्यार्थीहरु लगायतका प्रोजेक्टहरुलाई मुल्यांकन गर्ने, रोवर्ट प्रतियोगिताहरु राख्ने, सुदूरपश्चिम क्षेत्रमा टेक्नोलोजिको विकास गर्नका लागि उक्त कार्यक्रम गर्न लागेको जानकारी दिए । सुदूरपश्चिममा भएका त्यस्तो ट्यालेन्ट विद्यार्थीहरुलाई केही गर्ने बातावरण मिलाउनुका साथै उनिहरुको प्रोजेक्टलाई प्रात्साहन गर्नु पर्छ भन्ने धारणका साथ यस्तो किसिमको कार्यक्रम गर्न लागिएको जोशीले बताए ।



त्यस्तै संचालक जेनुल सिद्धिकीले उक्त हुन लागेको कार्यक्रममा तीन वटा गेम रहेको बताएका छन् । बच्चाहरुका लागि क्यारेन कार रेस क्यारेन बाट चल्ने एउटा कार रेस राखिएको छ । एक्सपो का लागि स्कूलबाट बनाएर केही न केही ल्याउनुपर्ने बताए । अर्को एमलेड च्यालेन्ज राखिएको बताए । त्यसमा अन स्पार्ट संग सम्बन्धीत रहेको बताए ।

त्यस्तै कोषाध्यक्ष किरन भट्टले प्राविधिक शिक्षा भएको कमिलाई पूरा गरोस भन्ने उद्देश्य हामिहरुको रहेको बताए । त्यसका लागि यस संस्थाले स्कुल स्कुलमा गएर शिक्षक तालिम, विद्यार्थी तालिम, अभिभावक तालिम गर्ने र भविश्यमा गएर विद्यार्थीहरुलाई अगाडी बढाउने लक्ष्य लिएको छ । यो कार्यक्रमले त्यो बाटोको पहिलो खुडकिला हुन जाने भट्टले बताए ।

त्यस्तै संयोजक सल्लाहकार स्माईल चौधरीले विज्ञान र प्रविधी संग सम्वन्धी कार्यक्रमको लगातार नै भएका छन् । सुदूरपश्चिममा विज्ञान र प्रविधिमा चाँसो राख्ने बालबालिका विद्यार्थीहरु छन् । यस्तो किसिमको प्रविधि स्कुलमा नभएको र बाहिर बाहिर खोज्दै जाँदा यस्तो किसिमको संस्थाहरु रहेको पाइन्छ । विद्यार्थीहरुले विज्ञान प्रविधिमा सानो सानो कुराबाट ठुलो ठुलो कुरामा फड्को मार्दै जाँदा यसमा प्रदेश सरकार, संघिय सरकार, स्थानिय सरकार लगायत हामी सबैको साथ सहयोग आवश्यक पर्ने चौधरीले बताए ।
उक्त संस्थाले कार्यक्रममा डेढ देखि २ लाख सम्म खर्च लाग्ने जनाइएको छ ।




