भारतबाट नगद र गरगहना चोरी गरी नेपाल भित्रिने तीन नेपाली गौरीफन्टाबाट पक्राउ

धनगढी- भारतबाट नगद र गरगहना चोरी गरी नेपाल प्रवेश गर्न लागेका तीन नेपाली पक्राउ परेका छन् । भारतबाट ६१ हजार नगद र १७ लाख भारतीय रकम बराबरको एक सय ६० ग्राम सुन चोरी गरेर नेपाल ल्याइरहेका तिन जना नेपाली पक्राउ परेका छन्।

भारतको कर्नाटकबाट चोरी गरी नेपाल प्रवेश गर्न लागेका राजु खड्का, विकास कुमार र किरण खड्का गौरीफन्टामा पक्राउ परेका हुन् । नेपालको बझाङ निवासी २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र ३४ वर्षीय किरण खड्कालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

Navadurga sun

उनीहरूले भारतको कर्नाटकको न्यायधिसको घरमा काम गर्ने क्रममा चोरी गरी ल्याइएको भारतीय प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरी लखिमपुर अदालतमा पठाएको छ ।

 

 

 

 

ADD Khali jpg
Loading...