डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

डडेल्धुरा- डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको आलिताल गाउँपालिका–१ मेलखमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। एक जना घाइते भएका छन्।

बुधवार राति ९ः३० बजे अटोरिक्सा दुर्घटना हुँदा २६ वर्षीय अटोचालक दिपक बलायर र २६ वर्षीय केशव महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइते हुनेमा वीरबहादुर कुँवर रहेका छन्।

Navadurga sun

उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको प्रहरीले बताएको छ। राति अध्याँरोका कारण शव र अटो निकाल्न नसकिएको प्रहरीले बताएको छ।

शव झाडीमा अट्किएकाले अध्याँरोका कारण राति निकाल्न नसकिएको डडेल्धुरा प्रहरीले बताएको छ। प्रहरी निरीक्षक कुसुमबहादुर नायकको टोली घटनास्थलमा खटिएर शव निकाल्ने प्रयास भैइरहेको बताइएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...