तीजमा राती १० बजेपछि नाचगान नगर्न आग्रह

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-६ र ७ को वडा कार्यालयले राती १० बजेपछि नाचगान नगर्न आग्रह गरेको छ । वडा कार्यालयहरुले एक सूचना जारी गर्दै राती १० बजे पछि नाचगान नगर्न र नगराउन हुन अनुरोध गरिएको छ ।

सूचनामा राती दिदीवहिनीहरुले नाचगान गर्दा अनैतिक क्रियाकलाप जस्ता घटना घट्न सक्ने भएकाले १० बजेपछि नाचगान नगर्न अनुरोध गरिएको छ ।

Navadurga sun

‘अवेर राती सम्म पर्व मनाउदा जाड रक्सी खाइ अनैतिक क्रियाकलाप जस्ता घटना घट्ने र घटाउने सम्भावना भएको हुदा त्यस्ता क्रियाकलाप तथा अप्रिय घटना हुन नदिन अवेर राती १० बजे पछि नाचगान नगर्न र नगराउन हुन सबै दिदिबहिनीहरुमा अनुरोध गरिन्छ’ सूचनामा भनीएको छ ।

ADD Khali jpg
Loading...