प्रतिभा सामुदायिक पुस्तकालयले मनायाे वीपी कोइरालाको ११० औं जन्मजयन्ति

प्रकाश बहादुर बोहरा/अत्तरिया, २४ भदौ- कैलालीको अत्तरियामा विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको ११० औं जन्मजयन्ति मनाइएको छ । कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा आइतबार स्व. वीपी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण एवम् नेपाली साहित्यमा स्व.वीपी को योगदान, बिषयक बिचार गोष्ठी कार्यक्रमको आयोजना गरेको हो ।

उक्त गोष्ठी कार्यक्रम प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी पूर्व राष्ट्रिय सभा सदस्य हिरा दत्त भट्ट रहनु भएको थियो ।

Navadurga sun

त्यस्तै विशिष्ठ अतिथीमा पूर्व माननिय बिजय कुंवर, सुदूरपश्चिम साहित्य समाज कैलालीका अध्यक्ष तिर्जराज पाण्डेय, नेपाली साहित्य तथा संस्कृतीक प्रतिष्ठान गोदावरीका अध्यक्ष पद्मराज जोशी ‘प्रभात’ रहेका थिए ।

त्यसैगरी अतिथीहरुमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासुदेव भट्ट, अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, अत्तरिया पतंजली योग समितिका अध्यक्ष दुर्गा प्रसाद प्रसाई, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज ओझा, नेपाल रेडक्रस सोसाइटी अत्तरियाका संस्थापक अध्यक्ष एवम् रेडक्रस कैलालीका जिल्ला कार्यसमिति सदस्य शेर सिंह खड्का, जनक शिक्षा सामाग्री कैलालीका पूर्व प्रमुख लिलाधर जोशी, राधाकृष्ण मन्दिर गोदावरीका अध्यक्ष डिल्लीराज खत्री, जेष्ठ नागरिक समाज अत्तरियाका अध्यक्ष चित्र कुमार भट्ट, अत्तरिया उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कमल कडायत लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूणर् ठानिएको छ ।

नेपालको जारी संविधान निर्माण प्रक्रिया र राजनीतिक अस्थिरतामा बिपीको आदर्श, मूल्य र मान्यता अझ सान्दर्भिक रहेको छ । विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भए ।

विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए । भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरित भएको थियो ।

विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो । विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए ।

साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् । कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा संग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मबृतान्त एवम् जीवनी संग्र्रह प्रकाशित छन् । नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्रयाएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ। कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

त्यस्तै कार्यक्रममा प्रतिभा सामुदायिक पुस्तकालयका उपाध्यक्ष योगन्द्र प्रसाद हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पुस्तकालयका सदस्य हेमन्तराज जोशी ‘बाजे’ ले संचालन गरेका थिए ।

ADD Khali jpg
Loading...