नेपालसँग सीमा जोडिएका भारतीय नाकामा सुरक्षा व्यवस्था कडा

धनगढी- भारतको नयाँ दिल्लीमा आज सुरु हुन लागेको जी–२० शिखर सम्मेलनलाई मध्यनजर गर्दै नेपालसँग सीमा जोडिएका नाकामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । खास गरी नेपालबाट भारततर्फ जानेहरूलाई सीमा नाकामा भारतीय सुरक्षा बल एसएसबीले विशेष चेकजाँच र सोधपुछ गरिरहेको छ ।

भारत जानेहरूलाई नेपाली नागरिकता अनिवार्य गरिएको छ । धनगढीको त्रिनगर–गौरीफन्टा नाकामा भारत जाने प्रत्येक नागरिकको नाम, ठेगाना र जानेस्थानको अभिलेखसमेत अनिवार्य गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सीमा नाकामा सीसीटीभीबाट निगरानी र कुकुरबाट चेकजाँच भइरहेको छ । साथै सादा पोसाकमासमेत सुरक्षाकर्मी परिचालन गरी सुरक्षा जाँच बढाइएको भारतीय सीमा सुरक्षा बलका अधिकारीले बताएका छन् ।

आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरू नयाँ दिल्लीमा भेला भइरहेका छन् । जी–२० १५ वर्षअघिको आर्थिक संकटका बेला विश्व अर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रूपमा स्थापना भएको हो ।

भारत, चीन, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, बेलायत र अमेरिका यो समूहका सदस्य देश हुन् । स्पेनलाई पाहुनाका रूपमा निम्तो गरिएको छ ।

Loading...