अछामको एक वडा कार्यालयद्धारा मौलिक बाजा वितरण

Dadeldhura hospital

अछाम- अछामको तुर्माखाँद गाउँपालिका–४ को वडा कार्यालयले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा मौलिक बाजा वितरण गरेको छ । तुर्माखाँद गाउँपालिका–४ ले तीजको अवसरमा महिलाहरूलाई मौलिक बाजागाजा हस्तान्तरण गरिएको हो ।

Ganyapdhura gau

तिजमा मौलिकता हराउँदै गएकाले वडाको पहलमा महिलाहरूलाई १५ थान मादल र १५ थान खैंचडी वितरण गरिएको वडाध्यक्ष पदमबहादुर बिसीले जानकारी दिए । उनले मौलिक परम्परा, संस्कृति लोप हुँदै गएकाले वडाले मौलिक बाजाको संरक्षणको लागि वितरण गरेको बताए ।

Couple
Loading...