सुदूरपश्चिमका मुख्यमन्त्री शाह बसेको मञ्च भत्किएपछि…

Dadhaldhura pur

धनगढी- डडेल्धुरामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको एक कार्यक्रमको मञ्च ढलेपछि भागाभाग भएको छ। बुधबार डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिकोत्सव कार्यक्रमको मञ्च अचानक ढलेपछि अतिथिहरूको भागाभाग परेको हो।

Ganyapdhura gau

स्टेजमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायत रहेका थिए। मञ्च भत्किएर चोट भने कसैलाई पनि लागेको छैन। मञ्च भत्किएपछि केही समय कार्यक्रम स्थगित भएको थियो।

 

Couple
Loading...