जनप्रतिनिधिले फिर्ता गरेनन् पालिकाका सामान

अछाम- अछामको मंगलसेन नगरपालिकाले २०७४ मा निर्वाचित प्रमुख, उपप्रमुख र १४ वटै वडाध्यक्षलाई सवारीसाधन उपलब्ध गराएको थियो । नगर प्रमुखले चारपांग्रे सवारी, उपप्रमुखले चारपांग्रे र मोटरसाइकल लिएका थिए ।

Ganyapdhura gau

वडाध्यक्षहरूले भने कार्यपालिकाको निर्णयअनुसार मोटरसाइकल लिएका थिए । वडाध्यक्षहरूले लिएका अधिकांश मोटरसाइकल कार्यकाल सकिएपछि कामै नलाग्ने अवस्थामा पालिकामा बुझाएका छन् ।

Navadurga sun
Godawari sandesh

नगरपालिकाका एक कर्मचारीका अनुसार धेरैजसो वडाध्यक्षले आफूले लगेको सवारी सिक्नलाई प्रयोग गरेका र कतिपयले आफन्तलाई चलाउन दिएका थिए । केही वडाध्यक्षका सवारी भने नेता कार्यकर्ता बोक्न प्रयोग भएका थिए ।

‘१४ मोटरसाइकलमध्ये तीनवटा कामै नलाग्ने अवस्थामा फिर्ता भए । अरू पनि केही न केही बिग्रेकै अवस्थामा फिर्ता भएका थिए,’ नगरपालिका स्रोतले भन्यो, ‘आफैं मोटरसाइकल चलाउने वडाध्यक्षहरूले भने राम्रो अवस्थामै फिर्ता गरे ।’

Dadeldhura hospital

स्रोतका अनुसार पूर्ववडाध्यक्षहरू मंगलसेन–१२ का प्रेम रावल, वडा नम्बर ११ का नेत्र रावल र वडा नम्बर १३ का प्रेमबहादुर थापाले चलाएका मोटरसाइकल काम नलाग्ने अवस्थामा पुगेका छन् ।

मंगलसेनकै जस्तो अवस्था चौरपाटी गाउँपालिकाको पनि छ । गाउँपालिका स्रोतका अनुसार अघिल्लो कार्यकालका वडाध्यक्षहरूले लगेका सवारी साधनमध्ये धेरैजसो बिग्रेको अवस्थामा फिर्ता भएका छन् ।

केहीले ल्यापटप, कम्प्युटर जस्ता अन्य जिन्सी सामग्री अझै फिर्ता गरेका छैनन् । ‘पटकपटक पत्र पठाउँदा पनि अहिलेसम्म सबै सामग्री फिर्ता भइसकेका छैनन् । विभिन्न बहाना बनाएर चलाइरहेका छन्,’ गाउँपालिका स्रोतले भन्यो । चौरपाटीमा ३ वडाध्यक्षबाहेक अन्यले लिएका सवारीसाधन दुरुपयोग भएका छन् ।

रामारोशन गाउँपालिकामा पनि ७ वडाका सबै अध्यक्षहरूले मोटरसाइकल लिएका छन् । पूर्ववडाध्यक्षहरूले अधिकांश मोटरसाइकल थोत्रो भएर फिर्ता गरेका छन् । अहिलेका जनप्रतिनिधिले लिएका धेरैजसो सवारीसाधन वडाको कामका लागि भन्दा जथाभावी प्रयोग भइरहेको गाउँपालिका स्रोतले बतायो ।

स्रोतका अनुसार वडा नम्बर १, ३ र ५ का अध्यक्षहरूले आफैं चलाउने गरेका छन् । तर अन्यले लिएका मोटरसाइकल जिल्लाका अन्य पालिकामा जस्तै दुरुपयोग भएका छन् । कार्यालय प्रयोजनका लागि लिएका जिन्सी सामग्री फिर्ता नदिएको विषयमा जानकारी लिन खोज्दा पूर्ववडाध्यक्षसँग फोन सम्पर्क हुन सकेन । कान्तिपुरबाट

Couple
Loading...