सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको जोखिममा

बैतडी- सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको जोखिममा छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले यो प्रदेश निकै जोखिममा रहेको देखाएको हो।

Ganyapdhura gau

दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यो प्रदेशमा सन २०२३ को अगस्त महिनामा मात्रै ३३१ जनामा संक्रमण देखिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पछिल्लो आठ महिनाको तथ्यांक हेर्दा यस प्रदेशमा ६५८ जनामा संक्रमण पुष्टि भइसकेको छ। निर्देशनालयका अनुसार जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १२९, अप्रिलमा २५,मे महिनामा २२, जुनमा २६ जुलाईमा ५८ र अगस्टमा बढेर ३३१ पुगेको छ।

प्रदेशभरीमा सबैभन्दा बढी कैलालीमा दुईसय १४ र सबैभन्दा कम बैतडीमा छ जनामा संक्रमण देखिएको छ। यस्तै दार्चुलामा एकसय ९४, कञ्चनपुरमा एकसय १९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९,बझांगमा १२ र डडेल्धुरामा १० जनामा संक्रमण पुष्टि भएको छ।

अरु महिनाभन्दा यो अगस्त महिनामा डेंगु संक्रमितको संख्या अधिक बढेको पाइएको जोशीले बताए। लामखुट्टेको टोकाइबाट हुने डेंगु गर्मी र वर्षातको समय भएकोले बिरामीको संख्या बढेको हो।

‘तराईका जिल्लामा बढी हुने डेंगु संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ’, उनले भने, ‘हिमाली क्षेत्र भनेर चिनिने दार्चुलाको ब्यासमा पनि डेंगु सार्ने लामखुट्टे फेला परेको छ। यसले गर्दा सबै क्षेत्रमा जोखिम निकै बढेको छ।’ गत वर्ष यो प्रदेशमा एकहजार २८९ जनामा संक्रमण देखिएकोमा चारजनाको मृत्यु भएको थियो।

 

Couple
Loading...