कैलालीकाे अत्तरियामा गौ हत्या विरुद्ध र्‍याली

अत्तरिया- धरानमा भएको गौ हत्या विरुद्ध अत्तरियामा र्‍याली निकालिएको छ । लोक कल्याणकारी गौ सेवा ट्रष्ट गोदावरी र सुदूरपश्चिम ॐ कार परिवारले गौ हत्या विरुद्ध शान्तिपुणर् र्‍याली निकालेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

नारा जुलुस पछि कोणसभामासभामा परिणत भएको र्‍यालीमा सुदूरपश्चिम प्रदेशकि प्रदेश सभा सदस्य खेमादेवी विष्टको पनि उपस्थिति रहेको थियोे ।

Navadurga sun
Godawari sandesh

विष्टले सभामा बोल्दै सबै हिन्दु धर्मावलम्बीहरु एक भएर गाईको रक्षा गर्नुपर्ने बेला आएको बताईन । उनले पछिल्लो समय हिन्दु धर्ममाथि प्रहार भइरहेको र गाईको मासु खाएर सामाजिक सन्जालमा हाल्ने काम भइरहेको भन्दै आफ्नो पार्टी राप्राको तर्फबाट पनि बिरोध गरिएको बताईन ।

त्यस्तै कार्यक्रममा बोल्दै राप्रपा निकट बिराज बिष्टले हिन्दु धर्ममाथि गरिएको प्रहार सहन गर्न नसकिने बताएका छन् । उनले आफुहरुले माता समान ठानेको राष्ट्रिय जनावर गाईको खुलेयाम मासु खाँदा समेत हिन्दु धर्मका आस्थावानहरु चुप लागेर बस्न नहुने बताए । धरानमा केहि दिन अघि केहि ब्यक्तिहरुले गाई काटेर मासु खाँदै सामाजिक सन्जालमा भिडियो सेयर गरेका थिए ।

Loading...