कैलालीको गोदावरी नगरपालीकामा नगरस्तरिय हाँजिरी जवाफ प्रतियोगिता सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालीकामा नगरस्तरिय हाँजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकोे छ । पि एफ ए स्पोट्स क्लबको आयोजनामा शनिबार सम्पन्न भएको नगरस्तरीय हाँजिरी जवाफ प्रतियोगितामा अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक बिद्यालय प्रथम भएको छ ।

त्यसैगरी प्रतियोगितामा सत्यवती एकेडेमी द्धितिय भएको छ भने एभरेष्ट एकेडेमी तृतिय भएको छ । सैनीक महाविद्यालय तेघरीले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा १७ ओटा विद्यालय सहभागी रहेको थियो ।

Navadurga sun

अत्तरियाको नमस्ते पार्टी प्योलेसमा भएको उक्त हाँजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हाँसील गर्ने विद्यार्थीहरुलाई शैक्षीक सामग्री तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

ADD Khali jpg
Loading...