अत्तरिया- सुदूरपश्चिम ब्युटी पार्लर एसोसिएसन अत्तरिया शाखाले तिज बिषेश कार्यक्रम सम्पन्न गरेको छ । अत्तरियामा एक कार्यक्रमको आयोजना गरेर शाखाले तिज मनाएको हो ।






शाखाकी अध्यक्ष दिपिका कुँवर हमालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेस सांसद तुलसी देबकोटा प्रमुख अतिथी रहेकी थिईन भने बिसिस्ट अतिथीमा प्रदेश सांसद खेमा देबी बिष्ट रहेकी थिईन ।





त्यस्तै कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देबी रोकाया लगायत अन्य संघ संस्थाका प्रतीनिधीहरुको सहभागिता समेत रहेको थियो । कार्यक्रममा संस्थाका सदस्यहरुले तिजको शुभकामना आदानप्रदान समेत गरेका थिए ।
कार्यक्रममा यस क्षेत्रका ब्युटी पार्लर सँग सम्बद्द महिलाहरुको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष हमालले कार्यक्रम मार्फत महिला दिदीबहिनीहरुमा तिजको सदभाब साटन र पेशागत समस्या जनप्रतिनिधीहरुलाई सुनाउनको लागी आयोजना गरिएको बताईन ।




