समाजका विभिन्न ब्यक्तित्वहरु संग बालबालिकालाई प्रत्यक्ष साक्षर गराउदै सेफ हाउस
आज सेफ हाउसका बालबालिकासँग नगर उपप्रमुख राेकाया
अत्तरिया, १५ भदौ- कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेफ हाउसले समाजका विभिन्न ब्यक्तित्वहरु संग बालबालिकालाई प्रत्यक्ष साक्षर गराउन थालेको छ ।




उक्त संस्थाले हप्तामा एक दिन सार्बजनिक ब्यक्तित्वहरु संग बालबालिका को प्रत्यक्ष भेटघाट एबम अनुभव आदानप्रदान गराउन लागेको संस्थाकि अध्यक्ष जानकी मलासी ले बताईन ।







उनका अनुसार बालबालिकाहरुले भोगिरहेका समस्या, ती ब्यक्तिहरु बालबालिका हुँदाको अनुभव र सफल मान्छे बन्न के के कुरो को अवश्यक पर्ने रहेछ भन्ने कुरा लगायत अन्य बिषयमा बालबालिका संग प्रश्नोत्तर गरिने छ ।
असाहाय बालबालिका को मनोबल बढाउन र संस्थागत क्षमता बढाउन उक्त कार्यक्रम गर्न लागेको उनले बताईन । सोही अनुसार शुक्रबार गोदावरी नगरपालिकाकि उपप्रमुख शारदा देबी रोकाया संग बालबालिकाले साक्षर गरेका छन् ।
संस्थामा नै आयोजित कार्यक्रममा रोकायाले आफ्नो बालापन को अनुभव सांटासाँट गरिन् । बालबालिकाले उपमेयर रोकायालाई बिबिध बिषयमा प्रश्न गरेका थिए । उनिहरुले आफुले भोगिरहेका समस्या को बारेमा समेत रोकायालाई जानकारी गराएका थिए । उक्त सेभ हाउसले असाहाय बालबालिका र महिला संरक्षण गर्दै आएको छ ।




