सेनाको हेलिकोप्टरमार्फत दुई जनाको उद्धार

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।अक्सिजन अभावका कारण बिरामी भएपछि मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

Ganyapdhura gau

सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ् जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । त्यस्तै, धामीको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल बाजुरामा उपचारपछि निको भएर फर्काइएको छ ।

बडीमालिकाको दर्शनका लागि गएका उक्त तिर्थयात्री सोमबार दिउँसो २ः४५ बजे त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिएको र न्यौपानेलाई दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजनसहित प्राथमिक उपचारपछि आज उद्धार गरेर सुर्खेत लगिएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ ।

घाइते भएर बेहोस भएका न्यौपाने बर्वराउने र बेला बेलामा बोल्ने गरेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए । सोमबार उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बडीमालिकाको त्रिवेणी धाममा गएको भए पनि मौसम खराबीका कारण मार्तडीमा राखिएको थियो ।

 

Loading...