


अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ बिक्री बितरणको लागी ठेक्का आह्वान गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को लागी गत ६ गते एक सुचना मार्फत बोलपत्र आह्वान गरेको हो ।


नगरपालिका भित्र पर्ने मुख्य नदी खुटियाको लागी न्युनतम रकम ८ करोड ८६ लाख ७ हजार ७ सय २८ रुपैयाँ कायम गरिएको छ ।


जसका लागी धरौटी रकम भने ४९ लाख ५० हजार तोकेको छ । ठेकेदार कम्पनीले ठेक्का परेपछि तीन चरणमा नगरपालिकालाई रकम बुझाउनु पर्ने सुचनामा उल्लेख गरिएको छ ।

खुटियाबाट नदीजन्य पदार्थ उठाउन १० वटा साइट समेत निर्धारण गरिएको छ । यस्तै नगरपालिका भित्र पर्ने अन्य दुई नदिहरु गोदावरी र खैरानाको लागी पनि बोलपत्र आह्वान गरिएको छ । दुबै नदीमा नदि जन्य पदार्थ उठाउन न्युनतम रकम ४ करोड ९७ लाख ६ हजार १ सय ५६ रुपैयाँ कायम गरेको छ ।
गत आर्थिक बर्षमा नदि जन्य पदार्थ उठाउन ठेक्का नपरेपछि नगरपालिका आँफैले रोयल्टी उठाएको थियो । यो पटक पनि यो रकम बढी नै भएकाले पहिलो पटक मै ठेक्का जाने सम्भाबना कम रहेको नगरपालिका स्रोतको दाबी छ ।






