बाजुरामा खोलाले बगाएर एक जना बेपत्ता

बाजुरा- बाजुरामा खोलाले बगाउदा एक जना बेपत्ता भएका छन्।जिल्लाको बुढीनन्दा नगरपालिका–४ घोडाकोट ताडी खोलामा काठेपुल भत्किदा बुधबार दिउँसो एक जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठारुखका लली ल्वारका २६ वर्षीय छोरा गंग ल्वार रहेका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

ल्वारसँगै खोलामा बगेको भैँसीको भने सकुसल उद्धार गरिएको छ। ल्वार र भैँसीको पाडो भने अहिसम्म नभेटिएको बुढीनन्दा नगरपालिका–३ का वडाध्यक्ष जंगवीर रोकायाले बताए।

Navadurga sun
Godawari sandesh

ताडीबाट घोडाकोट आउने क्रममा घोडाकोटताडी खोलामा रहेको काठेपुल भत्किदा बेपत्ता भएका ल्वारको इलाका प्रहरी कार्यालय कोल्टीको टोली र स्थानीले खोजी गरिरहेका छन्।

Loading...