

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो भएको सवारी दुर्घटनामा परेर घाइते एक जनाको मृत्यु भएको हो।



कृष्णपुर नगरपालिका–५ क्याम्पस रोडमा म १ क १७७ नम्बरको बस र सुदूरपश्चिम प्रदेश ०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना हुँदा सोही नगरपालिका–४ किचाईका २८ वर्षीय मदनबहादुर सिंहको मृत्यु भएको हो।


दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिंहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार अर्का यात्रु घाइते भएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





