स्वास्थ्य चौकी पहिरोले पुरिँदा उपचारमा समस्या

बाजुरा- लगातारको वर्षाका कारण आएको पहिरोले खप्तड छेडेदह गाउँपालिका-५ मा रहेको डोगडी स्वास्थ्य चौकी पुरिएको छ। स्वास्थ्य चौकी पुरिएपछि सेवाग्राही मर्कामा परेका छन्। शनिबार राति आएको पहिरोका कारण उपचार सेवा दिन समस्या भएको स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर रावतले बताए।

Ganyapdhura gau
Dadeldhura hospital

पहिरोले स्वास्थ्य चौकीको आधा भाग पुरेको छ। बाँकी कोठाहरूमा हिलो पानी पसेर औषधि लगायत उपकरणमा क्षति भएको छ। ‘धेरै सामान पहिरोले पुरिहाल्यो। केही सामान निकाल्ने काम भइरहेको छ। अब केही समयका लागि भाडामा घर लिएर सेवा दिनुपर्ने अवस्था आएको छ,’ उनले भने।

Navadurga sun
Godawari sandesh

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावलले पहिरोले स्वास्थ्य चौकी भवन पुरिएकाले तत्काल अर्को ठाउँ भाडामा लिएर सेवा सञ्चालनमा गर्ने तयारी भइरहेको र दिगो सेवा विस्तारका लागि अर्को सुरक्षित ठाउँको खोजीमा रहेको बताए। उक्त पहिरोले स्वास्थ्य चौकी आसपासका दर्जन बढी घर समेत जोखिममा परेको छ।

Loading...