कक्षाकोठामा सिसिटिभी

बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–८ मा रहेको मालिका माविले विद्यालयका सबै कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरेको छ। शिक्षकले कक्षाकोठामा गएर विद्यार्थीलाई पढाएको वा विद्यार्थीले पढे नपढेको निगरानी राख्न सिसिटिभी जडान गरिएको हो। कक्षाकोठाको सम्पूर्ण गतिविधि प्रशासन कक्षबाटै नै मूल्याङ्कन तथा अनुगमन गर्न सिसिटिभीबाट गरिने छ। यसरी कक्षाकोठामा सिसिटिभी जडान गरिएपछि पछिल्लो समयमा बालबालिकाले पढाइमा थप ध्यान दिन थालेको जनाइएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

कक्षा ९ मा अध्ययनरत छात्र वर्षा विक भने, “योभन्दा पहिला शिक्षकले पढाउने बेलामा केही साथी धेरै चकचक गर्ने गथ्र्ये, अहिले कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरेपछि सावधान भएर पढ्ने गरेका छन्।” कक्षाकोठामा शिक्षक पढाउने समयमा कोही विद्यार्थी चल्यो भने उसलाई सिधै प्रशासनमा बोलाएर सम्झाउने गरेकाले पनि विद्यार्थी सावधान भएर पढ्ने गरेको उनले बताए ।

Navadurga sun
Godawari sandesh

मालिका माविका प्राचार्य शुभराज पाध्याय तिमिल्सिनाले शिक्षकले पढाउने बेलामा विद्यार्थी चलेको वा शिक्षकले पढाएको कुरामा राम्रोसँग ध्यान दिएको वा नदिएका बारेमा प्रशासन कक्षबाट नै रेखदेख हुने गरेको बताए ।

उनले पछिल्लो समय विद्यालयलाई आधुनिक प्रविधिमैत्री बनाउँदै लैजाने योजना अनुसार बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरिएको बताए । गर्मी तथा धेरै चिसोको समयमा बालबालिकामा रुघाखोकी, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या हुने भएकाले प्राथमिक उपचारका लागि नगरपालिकाले सो विद्यालयमा नर्सको समेत व्यवस्था गरिदिएको छ।

Loading...