कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्।

Dadeldhura hospital

ईलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार शनिवार साँझ पश्चिमबाट पूर्व जाँदै गरेको सुपप्र ०१०११ प ८७३५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक वर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २३ वर्षिय रिजनकुमार बुढा र मोटरसाइकलमा सवार वर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का २३ वर्षिय चेतन पौडेल लागुऔषधसहित पक्राउ परेका छन्।

Navadurga sun
Godawari sandesh

स्याउले पोष्टबाट प्रहरी सहायक निरिक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले मोटरसाइकल चेकजाँच गर्दा पौडेलको साथबाट १ ग्राम ३४० मिलीग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...