कैलालीमा ट्रकको ठक्करबाट अनिताको मृत्यु

धनगढी- कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। सोमवार राति १२ बजे घरबाट भागेकी चौधरीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ।
राति करीब २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक बासुदेव भट्टले जानकारी दिए।

Ganyapdhura gau
Dadeldhura hospital

उनका अनुसार युुवतीलाई ठक्कर दिएर ट्रक भागेको थियो। प्रहरीले सोमवार १२ बजेदेखि २ बजेसम्म पूर्वपश्चिम राजमार्गमा चलेका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पत्ता लागेको थियो।

Navadurga sun
Godawari sandesh

अहिले ट्रक र चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ को ३० वर्षीय होमबहादर रानामगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

Loading...