
धनगढी- कैलालीमा एक वृद्ध मृत फेला परेका छन। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मैयाका ६० वर्षीय बजारु डगौरा थारु मृत फेला परेका हुन्।



प्रहरीका अनुसार शनिवार थारु बेहडाबाबा गएका थिए। उनी बेहडाबाबाबाट घर फर्किदा घर नजिकैको धान खेतमा मृत फेला परेका हुन्। शनिवार राति थारुको शव फेला परेको र थप अनुसन्धन जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।

