डडेल्धुराकी एक महिलाले बाटोमै जन्माइन् शिशु

डडेल्धुरा- डडेल्धुराकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन्। जिल्लाको परशुराम नगरपालिका–८ अ‍ैडुङ्ग्राकी विमला नेगीले अस्पताल लैजाँदै गर्दा बाटोमै शिशुलाई जन्म दिएकी हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

प्रसव पीडा सुरु भएपछि उनलाई स्टेचरमा बोकेर अस्पताल लगिन लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीय कविता धमलाले बताइन्।

Navadurga sun
Godawari sandesh

यस अघि गत असार २७ गते डडेल्धुराको परशुराम नगरपालिका- ८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी थिइन् । अस्पताल लग्न एम्बुलेन्स र स्टेचरसमेत नपाइएपछि पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लैजाँदै गर्दा बाटोमै शिशुलाई जन्म दिएकी थिइन् ।

 

 

 

Loading...