गोदावरी नगरपालीकामा निःशुल्क महाप्रस्थान यान संचालन

अत्तरिया- कैलालीको गोदावरी नगरपालीकामा निःशुल्क महाप्रस्थान यान संचालनमा आएको छ । बुधबारबाट निःशुल्क महाप्रस्थान यान संचालनमा आएको हो । ३१ लाखको लगानीमा उक्त यान संचालनमा आएको हो ।

Dadeldhura hospital

आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारलाई शव बोक्ने उपयुक्त वाहन नहुँदा पर्न जाने समस्यालाई मध्यनजर गरी महाप्रस्थान यान संचालन गरीएको नगर प्रमुख विरेन्द्र भट्टले बताएका छन् । यानभित्र पार्थिव शरीर र किरियापुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन समेत रहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न मिल्ने व्यवस्था छ । सो यान गोदावरी नगरपालीका भित्र सञ्चालन हुने बताईएको छ ।

Loading...