
धनगढी – धनगढीस्थित सिपी अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ । डडेल्धुरास्थित केआईसिंह राजमार्गको राइको मोडमा से १ च १२२८ नम्बरको एम्बुलेन्सको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।



प्रहरीका अनुसार अत्तरियाबाट शव बोकेर गइरहेको सो एम्बुलेन्समा चालक अर्जुन बोहरासहित ६ जना थिए । ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको र सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

