अविरल वर्षाले बडिमालिका-७ का दर्जनौँ घर पहिरोको जोखिममा

बाजुरा- आइतबार राति आएको अविरल वर्षाका कारण बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेका दर्जनौँ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन । घर वरिपरि अविरल वर्षाले जमिन पुरै बगाएपछि दर्जनौँ घरपरिवार पहिरोको जोखिम परेको वडाध्यक्ष धर्मराज पाध्यायले बताएका छ ।

Ganyapdhura gau
Dadeldhura hospital

अविरल वर्षाले कुनै मानवीय क्षति नभए पनि दर्जनौँ घर पहिरोका जोखिम पर्नुका साथै सार्वजनिक भौतिक सम्पत्ति तथा पूर्वाधारमा ठुलो क्षति भएको वडाध्यक्ष पाध्यायले बताए । अहिले घटना स्थलमा प्रहरी तथा जनप्रतिनिधिहरूको टोली परिचालन भएको छ ।

Navadurga sun
Godawari sandesh

आलुको भण्डारण केन्द्र नजिक रहको दलित बस्ती पुरै विस्थापित भएको वडाध्यक्ष पाध्यायले बताए । बर्षायाममा हुने प्राकृतिक प्रकोप जन्य घटनाहरूबाट सुरक्षित रहन वडा अध्यक्ष पाध्यायले वडावासीलाई अनुरोध गरेका छन । क्षतिको एकिन विवरण भने आउन बाकी रहेको छ ।

 

 

Loading...