पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

Dadeldhura hospital

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।

Navadurga sun
Godawari sandesh

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने उसले बताएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरू मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना उसले देखाएको छ।

रातिपख भने देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ।

 

Loading...