कैलाली- कैलाली प्रहरीले अवैध बन्दुकसहित गोली गट्ठा बरामद गरेको छ । कैलालीको एक घरबाट अवैध बन्दुकसहितका खरखजाना बरामद गरेको छ ।




कैलारी गाउँपालिका–६ खरुवाखेडाका ५२ वर्षीय नारायणप्रसाद चौधरीको घरबाट प्रहरीले एउटा एक नाले भरुवा बन्दुकसहित अन्य खरखजाना बरामद गरेको हो ।


प्रहरीका अनुसार चौधरीको घरमा लुकाई छिपाई राखिएको अवस्थामा चार डिब्बा बारुद, ३८ थान तयारी सानो गोली, २८ वटा ठुलो तयारी गोली र नौ वटा सिसाको टुक्रा बरामद गरिएको छ ।
विशेष सूचनाको आधारमा शनिवार साँझ ईलाका प्रहरी कार्यालय हसुलियाको टोलीले चौधरीको घरमा खानतलासी गर्दा ती अवैध सामान फेला पारेको बताइएको छ ।

