वि.पीकोईरालाको ४१ औँ स्मृति दिवसको अबसर बृक्षारोपण तथा बिचार गोष्टी सम्पन्न

अत्तरिया– नेपाली काँग्रेसका संस्थापक नेता वि.पीकोईराला को ४१ औँ स्मृति दिवसको अबसर पारेर नेपाली काँग्रेस कैलाली क्षेत्र नं ४ ले बृक्षारोपण तथा बिचार गोष्टी सम्पन्न गरेको छ । पार्टी कार्यालय अत्तरियामा एक कार्यक्रमको आयोजना गरी बिचार गोष्टी गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

कार्यक्रममा प्रदेश सभाका सांसदद्वय प्रकाश बम, तुलसी देबकोटा, पदमराज भट्ट लगायतले बि.पीले अगाडी सारेका बिचारहरुको बारेमा चर्चा गरेका थिए ।

Navadurga sun
Godawari sandesh

कैलाली क्षेत्र नं ४ का क्षेत्रिय सभापती बसन्त रोकायाको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । त्यस लगत्तै गोदावरी-२ मा बृक्षारोपण कार्यक्रम गरिएको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूणर् योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

Loading...