

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–७ हरि नगरको वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ । स्थानीयको जनगुनासोलाई सम्बोधन गर्न वडा तथा नगर पालिका सहमत भए पछि ताला खोलिइएको हो । वडा कार्यालय, नगर पालिका र स्थानीयहरू बसेर छलफल गरेका थिए ।



कृतिपुर गाउँमा वडाले ग्राभेल,कल्भर्ट हाल्ने र नगरपालिकाले तटबन्ध गर्ने सहमति भए पछि वडामा लागेको ताला खोलिएको स्थानीय मोहन शाहीले बताए ।


स्थानीयहरूसँग छलफल नगरेर एकलौटी तरीकाले योजना छनोट गरेको भन्दै स्थानीयले केही दिन अगाडी वडामा तालाबन्दी गरेका हुन । आर्थिक वर्ष २०८०/०८१ को वडामा विनियोजित बजेटमा वडा अध्यक्षले एकलौटी ढङ्गले छुटाएको उनीहरूले आरोप लगाएका थिए ।