अवरुद्ध राजमार्ग पुन: सञ्चालनमा

बैतडी- पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शनिबार बिहान बैतडीको ढोल्यामोड नजिक सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो।

Ganyapdhura gau
Dadeldhura hospital

डोजरको पहिरो पन्छाएपछि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। राजमार्ग खुलेसँगै रोकिएका सवारीसाधन आ-आफ्नो गन्तव्यतिर लागेका छन्।

Navadurga sun
Godawari sandesh

वर्षाको समयमा यो राजमार्गको विभिन्न ठाउँमा खस्ने पहिरोले वेलावेला सडक अवरुद्ध हुने हुने गरेको छ।​ असारयता मात्रै यो राजमार्ग दशपटक अवरुद्ध भइसकेको छ।

Loading...