कर्मचारीलाई पेस्कीमाथि पेस्की रकम

डडेलधुरा- डिभिजन वन कार्यालयले असार मसान्तमा पूरा गरिसक्नुपर्ने काम साउन महिनामा पनि जारी राखेको छ। असार महिनामा कर्मचारीका नाममा दुई पटक पेस्की रकम झिकेर साउन महिनामा पनि काम जारी राखेको हो। कार्यविधिमा कर्मचारी परिचालन गरेर काम गर्नुपर्ने उल्लेख छ। तर, डिभिजन वन कार्यालयले कर्मचारी परिचालनको बुँदालाई टेकेर कर्मचारीका नाममा पेस्कीमाथि पेस्की रकम झिकेर काम गरिसक्नुपर्ने समयभन्दा पछि पनि काम जारी रहेको पाइएको छ।

Ganyapdhura gau

आर्थिक वर्ष २०७९/८० मा डिभिजन वन कार्यालयले सङ्घीय सरकारको ससर्त अनुदान अन्तर्गत २० लाख रुपियाँ लागतमा हरित पार्क निर्माणको योजना थियो। सो हरित पार्क अमरगढी पार्कभित्र निर्माण गर्नुपर्ने उल्लेख छ। तर, वन कार्यालयले अमरगढी पार्क बाहिर रहेको गोरक्षनाथ मन्दिरमा ध्यान केन्द्र भनेर टहरा र शौचालय निर्माण थालेको छ।

Navadurga sun
Godawari sandesh

त्यो पनि वन अधिकृत रणेन्द्र सिंहको नाममा दुई पटक पेस्की रकम झिकेर अहिले निर्माणको काम भइरहेको छ। असार महिनामा दुई पटक पेस्की कर्मचारीका नाममा झिकेर भइरहेको काममा आर्थिक अनियमितता भएको जनगुनासो छ। असार महिनामा बिल बनाई कर्मचारीका नाममा दुई पटक पेस्की झिकेर आर्थिक अनियमितता भएको स्थानीय तेज भट्टले बताए । सो योजनासँगै वन कार्यालयले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजनाको सम्पूर्ण कागजात सूचनाको हक प्रयोग गरी माग गरेको बताए ।

Dadeldhura hospital

अमरगढी नगरपालिका–२, गोरक्षनाथ मन्दिरमा डिभिजन वन कार्यालयले एउटा टहरो निर्माण गरिरहेको छ। २० लाख रुपियाँ लागतमा टहरोसँगै शौचालयलगायतका भौतिक पूर्वाधारका संरचना निर्माण भइरहेका छन्। वन अधिकृत सिंहका अनुसार अमरगढी हरित पार्कमा उक्त संरचना बन्नुपर्नेमा त्यहाँ ठाउँ नभएकाले पार्ककै छेउमा रहेको गोरक्षनाथ बाबाको मन्दिरनजिकै सो टहरो बनाइन लागेको हो। हाल संरचना निर्माणाधीन अवस्थामा रहेको छ।

अहिलेसम्म ६० प्रतिशत काम भएको वन अधिकृत सिंहले बताए । उनका अनुसार हालसम्म सो संरचना बन्ने स्थानसम्म सडक काटिएको, डोजर लगाएर ठाउँ सम्याइएको, पाँच मिटर चौडाइ तथा १६ मिटर लामो टहरो बनाइएको छ। अब शौचालय तथा शौचालयको खाल्डो निर्माण, रङरोगन, वृक्षरोपण र पानी ट्याङ्की राख्नेलगायतको ४० प्रतिशत कार्य बाँकी छ। असारमा सक्नुपर्ने कामको कर्मचारीको नाममा दुई पटक पेस्की झिकेर आर्थिक अनियमितता भएको स्थानीयको आरोप छ।

जिल्ला वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार वृक्षरोपणको काम पूरा गर्न पर्याप्त वर्षा आवश्यक पर्ने भएकाले असार महिनामा पेस्की झिकेर अलिकति लचिलो गरिएको हो। केही रकम भने काम गर्न नसकेर फ्रिज गएको उनले बताए ।

उग्रतारा मन्दिरमा उद्यान निर्माणका लागि २० लाख रुपियाँ भए पनि काम गर्न नसक्दा रकम फ्रिज भएको छ। यस्तै कार्यालयमा भवन निर्माणका लागि प्राप्त डेढ करोड रकम समेत फ्रिज भएको छ। १३ लाख रुपियाँको डीपीआर तयार पारेको र भवन निर्माणका लागि आएको रकम फ्रिज भएको उनले बताए । गोरखापत्रबाट

Loading...