आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ।

Dadeldhura hospital

साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

Navadurga sun
Godawari sandesh

राती देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भाग एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।हल्का, मध्यमदेखि भारी वर्षाको समेत सम्भावना रहेकाले वर्षापछि हुनसक्ने विपदबाट जोगिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Loading...